‘गफै त हो नि सोल्टी’ नायक देबु श्रेष्ठ


debu-shrestha
(सेलिब्रेटी नेपाल) ६ साउन-थ्री लभर्स डेब्यु नायक देबु श्रेष्ठ बेल्जिएम बाट फर्केर आफ्नो चलचित्र थ्री लभर्स प्रदर्शन पश्चात  रामजी लामिछाने द्वारा निर्देशित चलचित्र ‘एक्सन’ मा अभिनय गरि पुन बेल्जिएम पुगेर दुई महिनाको बसाई पछि नेपाल फर्केर अन लाईन फिल्मी खबर अवार्ड मा जुरी अवार्ड हात पारे र अहिले उनि ‘गफै त हो नि सोल्टी’ नामक शर्ट मुभी मा अभिनय गर्न मा व्यस्त छन्। कलाकारिता भनेको एक किसिमको नशा जस्तै हो लागि सके पछि छोड्नै नसकिने रहेछ देबु श्रेष्ठ भन्छन। ‘बेल्जिएम बसेको भए दुई महिनामा राम्रै कमाई हुने थियो तर कलाकारिताको नशा र यो गरि रहेको शर्ट मुभीको कथा पनि राम्रो लागेकोले यसमा काम गरि रहेको छु यसको काम सकाएर अब दुई हप्ता भित्र बेल्जिएम फर्कन्छु’ उनले स्पस्ट पारे। थ्री लभर्सले ब्यबसायिक सफलता हात नपारे पनि देबु ले राम्रै चर्चा पाउन सफल भए।

अहिले काठमाडौँका विभिन्न स्थानमा सुटिंग भई रहेको ‘गफै त हो नि सोल्टी’मा देबु बाहेक गौरब पहाडी,सोनिया शर्मा,बबी रोजा लगायतका कलाकारको अभिनय रहेको छ। यसको निर्देशन अमेरिका बाट चलचित्र बिषय पढेर आएका बिबेक घिमिरेले गर्दै छन्। क्यामेरा बिषय नै अध्ययन गरेर आएका गम्भीर रावलले चलचित्र खिची रहेका छन् भने कथा सन्दिप बडालले लेखेका हुन्। ३० मिनेटको उक्त ‘गफै त हो नि सोल्टी’ लाई बिदेशमा हुने विभिन्न फेस्टिभलमा प्रदर्शन गर्ने योजना रहेको छ। चलचित्रका लागि अमेरिकन चलचित्र कर्मी एल एन कर्जले नायक देबु र गौरब लाई करिब डेढ महिना जिम र सर्वनाम थिएटरमा वर्क शप गराएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.