‘पाउनै पर्छ भन्ने छैन मन पराऊँदैमा’


deepak-swopnil-singer
(सेलिब्रेटी नेपाल) ६ साउन-दोलखा जिल्लामा जन्मिएका दिपक स्वप्निल सांगीतिक फिल्डमा संघर्षको क्रममा zee tv को सांगीतिक कार्यक्रम ‘सा रे ग म प मा’ आफ्नो उत्कृस्ट प्रस्तुति दिएका गायकले आफ्नो तेस्रो सोलो एल्बम ‘बर्णन’ छिट्टै बजारमा ल्याउने तयारीमा छन्। एल्बममा जम्मा ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बममा समाबेश ‘पाउनै पर्छ भन्ने छैन मन पराऊँदैमा’ भन्ने बोलको गीतको म्युजिक भिडियो हाल विभिन्न टेलिभिजन च्यानल हरुमा बजी रहेको छ। भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।

उनको अघिल्लो एल्बमको हाँसी हाँसी डोली चढयौ गीत दर्शक श्रोता हरुले मन पराइ सकेका छन्। यो एल्बम लाई अहिलेको संगीत बजारको परि पाटी अनुसार गायक दिपकले पनि आफ्नै कम्पनि बाट बजार ब्यबस्थापन गर्दै छन्। यस अघि अबटेन र रिजल्ट नामक दुइ एल्बम बजारमा ल्याएका गायकले विभिन्न चलचित्रमा पनि आफ्नो आवाजमा गीत गाई सकेका छन्।