नयाँ वर्षमा फिल्मको भीड : ‘बुलाकी’ पनि बैशाख १ मा प्रदर्शन हुने



काठमाडौं । नेपाली नयाँ वर्षमा नेपाली फिल्महरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०८० सालको बैशाख १ गतेका लागि पाँच फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अर्को फिल्म पनि थपिएको छ ।

चलचित्र ‘बुलाकी’ पनि बैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म बैशाख १ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो ।

यसअघि यो फिल्मले फागुन १९ का लागि प्रदर्शन मिति घोषणा गरेको थियो । तर, यो मितिमा दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछाडि गरेको हो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट लगायतको अभिनय छ ।

टोपेन्द्र बिष्टको निर्माता, स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।

बैशाख १ गतेका लागि यसअघि ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.