शोभितको चलचित्रमा केकी अनुबन्धित



काठमाडौँ। शोभित बस्नेतको चलचित्रमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । निर्माता शोभित बस्नेतको जन्मदिनको अवसर पारेरआइतबार केकीसँग लिखित सहमति गरिएको हो। चलचित्र ‘जय हो’ मा केकी संगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने चलचित्र आगामी फागुन २५ गते देखि छायांकनमा जानेछ।

चलचित्र पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ । सुरेश न्यौपानेको कथा रहेको चलचित्र एक्सन तथा लभस्टोरी जनराको रहेको छ। चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत ,सौरभ लामाको छायांकन रहनेछ। चलचित्रमा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.