नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने



काठमाडौँ। नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्षले लण्डनमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् ।

छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर राष्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष बिनोद चिपालु, लेखक/निर्देशक सनम कुमार बैराग, बिकास देवकोटा, कानुन व्यावसायी टम अधिकारी, सिम्मी पुन लगायतको सहभागिता रहेको थियो । नेदरल्याण्ड रहेका इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल र नेपालमा रहेका डेल्फिक नेपालका उपाध्यक्ष जीवन पराजुलीले छलफलमा भर्चुअल सहभागिता जनाए ।

“नेपाल बाहिर रहेर पनि नेपाली कला-संस्कृति को उत्थान र प्रवर्द्धनका लागि अहोरात्र खटेर योगदान पुर्‍याउने बिशिस्ट श्रस्टा, कलाकर्मी, साहित्यकार लगायतको पहिचान गरी उनिहरुलाई उचित सम्मान दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहनेछ”, मे २०२३ मा हुने कार्यक्रमबारे डेल्फिक नेपालका अध्यक्ष बिएलले भने, “यो कार्यक्रमबाहेक उत्कृष्ट नेपाली चलचित्रहरुको छनोट गरी विश्वका विभिन्न राष्ट्रहरुमा नियमित रुपमा प्रचारप्रसार र प्रदर्शन गर्न एउटा छुट्टै कार्यसमिती बनाउने र नेपाली चलचित्रको बैकल्पिक बजार खोज्ने, नेपाली चलचित्रको प्रवर्द्धनका लागि विभिन्न महोत्सव आयोजना गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।”

इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठले लण्डनको प्लमस्टिडमा संचालन गर्दै आएको गोर्खा क्लबमा डेल्फिक नेपालका पदाधिकारीको स्वागतमा रात्रीभोजको आयोजना गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.