राजुको चलचित्र ‘नम्बरी सुन’को छायांकन सुरु



काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायाँकन सुरु गरिएको छ । शुक्रबार चलचित्रको गीत सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

‘नम्बरी सुनमा’ अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछाने नृत्य,दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ। मुख्य सहायक निर्देशकमा जीवन गौतम रहेका छन् भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेका छन् । चलचित्र लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।