सविताको सिरिज ‘गरिमा’को दर्शक बढ्दै



काठमाडौँ। पछिल्लो समय यु ट्युबको लोकप्रियता बढे संगै यु ट्युब कै दर्शकलाइ लक्षित गरेर थुप्रै नेपाली टेली सिरियल तथा वेब सिरिजहरु निर्माण हुने गरेका छन्। केहि बर्ष अघि टेलिभिजनमा पर्खेर सिरियल हेर्नु पर्ने दर्शकहरुले यु ट्युबमा छानी छानी सिरियलहरु हेर्न पाएका छन्। बिगत ८४ हप्ता देखि नियमित प्रशारण भइ रहेको सिरियल ‘गरिमा’ ले दर्शक राम्रो साथ पाएको छ।

‘गरिमा’नारीको बेदना नाम राखिएको वास्तविक घटनामा आधारित एकदमै मार्मिक पारिवारिक वेब सेरिज भन्दै निर्माण पक्षले दावी गरेको सिरिजको आफ्नै खाले दर्शक रहेका छन्। सविता खड्काको कथा लेखन तथा निर्देशनमा बनेको सिरिजमा सविता खड्का,लक्ष्मीनाथ तिमल्सिना,कमल बोहोरा,राधा श्रेष्ठ,केशब बिस्ट,सरोज दाहाल,गायत्री पाण्डे,समिता रिजाल,राजु सिंह लगायत कलाकारको अभिनय रहेको छ।

गुणराज शाक्य र ज्ञान कुमार कट्टेलले छायांकन गरेको सिरिजको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन्। सिरिज एसके फिल्म्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।