‘मनसँग मन’को ट्रेलर रिलिज



काठमाडौँ । पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमसम्बन्धलाई देखाइएको छ ।

साथमा पुष्पको द्धन्द्धका दृश्यहरू समेत ट्रेलरमा प्रस्तुत गरिएको छ । कैलाश राईको निर्देशनमा तयार यो फिल्म यही माघको २७ गतेबाट प्रदर्शनमा आउँदैछ । अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प र वर्षासँगै बुद्धि तामाङ, महेन्द्र बागदास, चाँदनी प्रधान लगायतको पनि अभिनय छ ।

पल शाह र पूजा शर्माको नृत्य रहेको गीतलाई समेत ट्रेलरमा स्थान दिइएको छ । यो फिल्मको एउटा गीतमा पल र पूजाले नृत्य गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.