चलचित्र पुरस्कार १६ विधामा प्रदान,सम्पादन बिना चलचित्र पुरा


Film-Award
(सेलिब्रेटी नेपाल) ६ साउन-नेपाल सरकारको समेत लगानी रहेको नेपाल चलचित्र विकास कम्पनी भाडामा लियर संचालन गरिरहेको गोपी कृष्ण मुभिज समुहले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६९’ सम्पन्न भएको छ। राजधानीको सुन्धारास्थित त्रिभुवन आर्मी क्लबमा आयोजित विशेष कार्यक्रममा चलचित्र ‘सायद’ ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । नेपाली चलचित्र ५०औं वर्षमा पुगेको उपलक्ष्यमा आयोजना गरिएको भनिएको कार्यक्रममा दुर्गिस ब्यानरमा निर्मित चलचित्र ‘सायद’ ले ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कारसहित ७ विधाको अवार्ड हात पारेको हो।

चलचित्रका लागि निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले १ लाख १ हजार रुपैयाँ राशिको ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार र ५१ हजार राशिको ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने चलचित्रका कलाकार विल्सनविक्रम राईले ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार, छायाँकार सञ्जय लामाले ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार पुरस्कार, अभिनेता संयम पुरीले ‘मह’ जुरी पुरस्कारसहित जनही ५१ हजार रुपैयाँ राशि प्राप्त गरे भने चलचित्रले ‘कुसुमेरुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार पनि प्राप्त गर्यो।
jiwan-luintel-nfdc-award
चलचित्र ‘मालतीको भट्टी’का लागि नायक जीवन लुँइटेलले ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार, चलचित्र ‘नोटबुक’का लागि नायिका नीता ढुंगानाले ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार, ‘मायाज बार’का लागि नायिका करिश्मा मानन्धरले ‘बसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार, मायाज बारकाका लागि संगीतकार सुरेश अधिकारीले ‘शम्भुजित’ सर्वोत्कृष्ट संगीतकार पुरस्कार, ‘हमेशा’का लागि द्वन्द्व निर्देशक चन्द्र पन्तले ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार, ‘फूल’का लागि राजकृष्ण श्रेष्ठ र सुनयमान श्रेष्ठले ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) चलचित्र पुरस्कार र ‘के म तिम्रो साथी बन्न सक्छु’का लागि कविराज गहतराजले ‘बसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कारका साथै जनही ५१ हजार रुपैयाँ प्राप्त गरेका छन्।

कार्यक्रममा कामना प्रकाशन प्रालिका संस्थापक पत्रकार पुष्करलाल श्रेष्ठको सम्मानमा स्थापित ‘पुष्कर’ चलचित्र पत्रकारिता पुरस्कार चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीलाई प्रदान गरिएको छ। गिरी नेपाल समाचारपत्र दैनिक तथा सिने पत्रिका कामनासँग आबद्ध छन् ।

चलचित्र निर्माण भित्रका १६ विधामा अवार्ड प्रदान गरियको अवार्डमा चलचित्र सम्पादनको विधा अटाउन सकेन। चलचित्रको अन्य थुप्रै विधा हरु पनि समाबेश गर्न नसकियको आयोजकको भनाइ छ तर अन्य विधा हरु छुटे पनि सम्पादनको विधा छुट्नु नमिल्ने कुरा बरिस्ठ सिने कर्मी हरु बताऊँछन्। ध्वनी मुद्रण,नृत्य,द्वन्द,छायाँकार समाबेश हुँदा सम्पादन छुट्नुले सिँगो चलचित्र लंगडो हुनु हो। सम्पादन बिना चलचित्र कसरि पूर्ण हुन्छ बरिस्ठ प्राबिधिक हरु भन्छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.