‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानून पनि छ’



काठमाडौं । गायिका समीक्षा अधिकारीले हजारौै वर्षदेखिको सामाजिक कमजोरीहरु नदेख्ने मानिसले एउटी नारीको चरित्रमा प्रश्न गर्ने गुनासो गरेकी छिन् ।

उनले आइतवार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेकी छिन् ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन् । महिलामाथिको अन्याय र विभेद जान्दैनन् । एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।’

गायिका अधिकारीले केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरुको सामना गर्दै आएकी छिन् । नकारात्मक कमेन्ट धेरै आउँदा उनले केही समय सामाजिक सञ्जालमा ‘कमेन्ट अफ’ समेत गरेकी थिइन् । उनलाई नकारात्मक कमेन्टहरु आउने क्रम अझै पनि सेलाएको छैन् ।

यद्यपि, अबभने उनले आफूलाई नकारात्मक कमेन्ट गर्नेबिरुद्ध साइबर ब्यूरोमा उजुरी दिने संकेत गरेकी छिन् ।

उनले आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले ठूलो फरक नपार्ने भन्दै अगाडि लेखेकी छिन्, ‘नकारात्मक कमेन्ट जति गर्छौ गर । देशमा साइबर अपराधको कानून पनि छ ।’

गायिका अधिकारीले पछिल्लो समय सामाजिक सञ्जालमा मात्र होइन्, सांगीतिक क्षेत्रमा समेत सक्रियता बढाएकी छिन् । उनले स्वर दिएका एकपछि अर्को गीतहरु युट्युबमा सार्वजनिक भइरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.