सुजन र अन्नुको ‘जुरेली’मा चक्र र बिना



काठमाडौँ। डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सहित सार्वजनिक गरिएको छ । डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्याल र जोशीकै संगीत रहेको ‘जुरेली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार डा. जोशीले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको गीतको रेकर्डिङ समेत संगीतकार संज्यालले गरेका छन् । एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीको रहेको छ ।

त्यस्तै यस गीतको भिडियोको निर्देशन र कोरियोग्राफी विक्रम चौहानले गरेका छन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा चक्र बम र बिना राउतको रोमान्स देख्न सकिन्छ भने मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।