११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान



अमेरिका। पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारीका लागि आयोजक नेपाल प्रस्थान गरेको छ ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारीका लागि नेपाल प्रस्थान गरेका हुन ।

अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यस अघि घोषणा गरिसकिएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ ।

आयोजक सदस्य किशन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतुले यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन ।

अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भुमिका निभाउने छन् ।

आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.