‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने



काठमाडौँ । चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए ।

पुष्प खड्का, वर्षा सिवाकोटी, रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्तेदा लगायतको मुख्य भूमिका रहेको फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।

अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण गरिएको हो ।

चलचित्रको वितरण उपत्यकामा जिजिए ग्रुप र डिसीएन तथा मोफसलमा एफडी कम्पनीले गर्दै छ । प्रेमकथामा आधारित फिल्म भएकोले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै रिलिज तय गरिएको वितरक करण श्रेष्ठले बताए ।