माघ दोस्रो साता प्रदर्शन हुँदै फिल्म ‘जीवनसाथी’



दीपक तामाङको निर्देशन रहेको चलचित्र ‘जीवनसाथी’ आगामी माघमा प्रदर्शनमा आउने भएको छ ।

किशोर खतिवडा, जयकिशन बस्नेत, अर्जुन गुरुङ, सानिया खान लगायतको अभिनय रहेको चलचित्र माघको १३ गतेबाट प्रदर्शनमा आउने भएको हो । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रलाई फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्रमा मल्लसँगै प्रिन्सराज श्रेष्ठ र दीपक तामाङ निर्माताका रुपमा छन् । चलचित्रको विदेशमा समेत विशेष प्रदर्शनी गरिने निर्देशक लामाले जानकारी दिए ।

चलचित्रको वितरकमा आरआर फिल्मस रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.