सौरभको निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने



काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् । केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । चलचित्रको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन् । चलचित्रको दुबै पार्टको लेखन समेत सकिएको छ ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने चलचित्र आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभले बताए । ‘करिब ३ बर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रको कलाकार केही छनौटको क्रममा छन् । चलचित्रको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ ।
सौभरले यस अगाडि ‘लभ डायरिज’ चलचित्र निर्देशन गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.