चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक



काठमाडौँ। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलपनि पनि आवाज दिएकी छन् ।

चलचित्रमा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसंगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।