डि.पी दाहालको शब्दमा राष्ट्र प्रेम बोकेको गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। गीतकार डि.पी दाहाल परिश्रमीको राष्ट्र प्रेम बोकेको गीत ‘मेरो देश नहारोस’ सार्वजनिक गरिएको छ। स्वरुप राज आचार्यको स्वर रहेको गीतमा संगीत पुस्कर सुनुवारको रहेको छ। निरन्तर गीत लेखनमा सक्रिय दाहालका गीतमा राष्ट्र प्रेम संगै समाजका यथार्थ कथा समेटिएका हुने गर्दछन्।

रीता सिम्खडाको प्रस्तुतिमा बनेको गीतको भिडियोलाई केशव बिस्वकर्माले छायांकन गरेका हुन्। मोहन सुनुवारले सम्पादन गरेको भिडियो डिलाटेड म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।