चलचित्र ‘द आउट ल’ घोषणा संगै फस्टलुक पोस्टर र टिजर सार्वजनिक



काठमाडौं। रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ बर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’ पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।
कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ । सन् २०१५ मा ‘होस्टेल रिटर्न्स’बाट अभिनय करिअर सुरु गरेका सुशीलले ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ मा पनि अभिनय गरेका छन् । त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनैपनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् ।

कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् । संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० बर्ष मुनिका युवाहरु छन् । निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए । उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ ।’ नविन गुरुङ चलचित्रका डिओपी हुन् । यो चलचित्र आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।