प्रियंका स्टारर ‘चि मुसी चि’ फिल्मको पहिलो गीत रिलिज



काठमाडौं । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि ः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘कथा’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । यो गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडालाई स्थान दिइएको छ ।

म्युजिक प्रोडयुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ । ‘चि मुसी चि’ जस्तो फरक जनराका हरर थ्रिलर फिल्ममा स्वर दिन पाउँदा खुशी लागेको अनुभव त्रिशलाले साटिन् ।

निर्देशक मर्ण जेम्सले पनि फिल्ममा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्मले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ । फिल्मको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।

फिल्मलाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महशुस गर्ने निर्माण टिमको विश्वास छ । फिल्मको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।

उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्स र निर्माता चक्रावर्ती बताउँछन् ।