एक महिनाका लागि विदेश उडिन् रचना, जापान र क्यानडाका ४-४ सहरमा सांगीतिक प्रस्तुती रहने



काठमाडौं । चर्चित गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि जापान उडेकी छिन् ।

आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट उडेकी उनी जापानमा १० दिन रहनेछिन् । त्यहाँ उनले विभिन्न ४ सहरहरुमा सांगीतिक प्रस्तुती दिनेछिन् ।

जापानबाट उनी सिधै क्यानडातर्फ लाग्नेछिन् । २० दिन क्यानडामा रहँदा उनले त्यहाँ पनि ४ वटा सहरहरुमा सांगीतिक प्रस्त्ुती दिनेछिन् । १ महिनापछि मात्रै उनी नेपाल फर्किनेछिन् । रचना नेपालमा पनि सांगीतिक कार्यक्रममा डिमाण्डेड गायिका हुन् ।

उनका थुप्रै गीत लोकप्रिय छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.