‘नेपाली आधुनिक संगीतमा १०० बर्ष’ साङ्गीतिक कार्यक्रम सम्पन्न



गण्डकी । पोखरा, बराहिघाटमा ‘नेपाली आधुनिक संगीतमा १०० बर्ष’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली आधुनिक संगीतको ईतिहासबारे जानकारी मुलक उक्त कार्यक्रम एक घण्टा ३० मिनेट चलेको थियोे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएकोे उक्त कार्यक्रममा अध्यक्षता प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राईले गरेका थिए भने कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ प्रमुख अतिथि, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का ‘बेखर्ची बिसेष अतिथि रहेका थिए ।

स्थानीय व्यावस्थापक गण्डकी प्रज्ञा प्रतिष्ठानकका सदस्य सचिव मनकुमार श्रेष्ठले सञ्चालन गरेको सो ऐतिहासिक कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्राज्ञ हरिदेवि कोइराला, प्राज्ञ प्रजापति पराजुली, प्राज्ञ सरला पण्डे, प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ डिलकुमारी पौडेल, प्राज्ञ जयकुमार परियार, प्राज्ञ गज बहादुर गुरुङ, सचिव हेमराज सुवेदी, शिक्षा संस्कृति सामाजिक विकास, डा.सोम सापकोटा प्रमुख जिपान्ट, अशोक पालिखे अध्यक्ष नेवा खल साथै गण्डकी प्रज्ञा प्रतिष्ठानका उप कुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, सहित्यकार छवि सुवेदी र कार्यक्रमका आलेख लेखक बुलु मुकारुङ लगायत विभिन्न संघ तथा वाङ्मय सस्थाहरुका अध्यक्षहरुको उपस्थिति रहेको थियोे । करिब ५०० का हाराहारीमा उपस्थित दर्शनहरुका माझ पदर्शित साङ्गितीक मनोरञ्जनका साथै ऐतिहासिक, जानकारी मुलक, संगीतिक दस्ताबेज योग्य कार्यक्रम भएको दर्शक, श्रोताहरुको भनाई थियोे ।

२९ वटा प्रस्तुति रहेको उक्त कार्यक्रममा तरेलि साँस्कृतिक परिवारका नृत्य कलाकारले नेपाली चलचित्रको सांगीतिक ईतिहासलाई सम्बोधन गर्दै चलचित्र माईतिघरबाट ‘वसन्त नै बस्न खोज्छ’ र चलचित्र प्रेमपिण्डबाट ‘गैरि खेतीको शिरै हान्यौं’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । नृत्यको संयोजन गण्डकी प्रज्ञा प्रतिष्ठानबाट भएकोे थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण भक्त श्रेष्ठले स्थानीय व्यावस्थापनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई तथा सहभागि सम्पूर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिनुभयो । यस्तो कार्यक्रम सातै प्रदेशमा प्रदर्शन गरिने पनि जानकारी गराए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसंग यसरी ऐतिहासिक कार्यक्रममा हातेमालो गर्न पाएकोमा गौरवान्वित महसुस भएको र आगामी दिनमा पनि दुई संस्था बिच सहकार्य हुने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब मनकुमार श्रेष्ठले बताए ।

नयाँ पुस्तालाई नेपाली संगीतको ऐतिहासिक पृष्ठभूमि यस कालखण्डमा कस्ता कस्ता गीत सृजना भए को को गायक संगीतकार जन्मिए भन्ने उदेश्यका साथ ‘नेपाली आधुनिक संगीतमा १०० बर्ष’ कार्यक्रम प्रदर्शन गरिएको कार्यक्रमका अध्यक्ष तथा संयोजक अशोककुमार राईले बताउदै आफ्नो कार्यकाल सकिनै लाग्दा अब उक्त कार्यक्रम अन्य संघ संस्थासंग सहकार्य गरि सातै प्रदेशमा लैजाने जानकारी दिए ।

सो कार्यक्रममा ऐतिहासिक सृजनाहरुलाई कुन्ती मोक्तान, भिषण मुकारुङ, निसा देसार, दुर्गा परियार, सञ्जय तुम्रोक, साजन राई, रुपक चौधरीले प्रस्तुति दिनु भएको थियोे भने शिला बहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुढाथकी, गोपाल देव घतानी, धन बहादुर गुरुङ, नरेश प्रजापति, पोषन घर्तीले बाध्य वादनमा साथ दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.