फागुन १९ बाट प्रदर्शनमा आउने ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु



काठमाडौं। फागुन १९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट चलचित्रको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।

दुई साता छायांकन सेडुलसहित सुरु भएको चलचित्र काठमाडौं भित्रै खिचिनेछ । चलचित्र चिसो समयमै खिच्नुपर्ने भएकोले अहिले सुटिङ सेडुल राखिएको निर्माण टिमले बताए । पहिलो चरणमा चलचित्रको ८० प्रतिशत छायांकन पूरा भइसकेको थियो । त्यसको १० प्रतिशत दृश्य फेर्नुपर्ने भएकोले अहिले ३० प्रतिशत छायांकन हुने कलाकार समेत रहेका निर्माता दीपकराज गिरीले बताए ।

समसामयिक राजनीति विषयमा निर्माण हुन लागेको चलचित्रका निर्देशक हेमराज बिसी हुन् । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र केदारप्रसाद घिमिरे छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.