प्रकाश र लक्ष्मीको देउडा गीत ‘लाईहेल कालो टीको’ सार्वजनिक (भिडियो)



काठमाडौं। पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसङ्गीतका आफ्नो कला संस्कृति कसरी समेट्ने भन्दा पनि युट्युबमा बढी भ्युज कसरी बटुल्ने तिर ध्यान दिइन्छ । त्यसैले गीतसङ्गीतका दिग्गज यसतर्फ चिन्तित छन् ।

आफ्नो कला संस्कृतिमा प्रति सजग गायक गायिका कमै छन् साङ्गीतिक क्षेत्रमा । ती मध्यकी एक हुन् गायिका लक्ष्मी आचार्य । सुदूरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसङ्गीतमा त्यहाँका कला संस्कृति, रीतिरिवाज, भेसभुसा र भाषा संस्कृति देख्न सकिन्छ ।

सुदूरपश्चिमका मौलिक भाका टिपेर त्यहाँका रीतिरिवाज सहितका ‘ओ मेरी भाउजू’, ‘भन् साली तेरी दिदी कहाँ’ जस्ता युट्युबको करोड क्लबमा पुग्न सफल गीतहरू दिएकी आचार्यको नयाँ गीत ‘लाईहेल कालो टीको’ सार्वजनिक भएको छ । सुदरपश्चिमको एकदमै चर्चित र ऐतिहासिक भाषाकासाथ आएको यो गीत त्यहाँकै कल्चर शैलीमा गीत तयार छ ।

नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे चर्चित गायक प्रकाश सपुतले साथ दिएका छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो । थुप्रै गीत मार्फत आफुलाई अब्बल साबित गर्दै आएका प्रकाशले यो गीत सुदुरपश्चिमकै शैलीमा निकै मिठो तवरबाट स्वर दिएका छन् । उनको स्वर सुन्दा उनले सुदुरपश्चिको शैलीको गीत पहिले देखिनै गाउने गरेको आभाष हुन्छ ।

चर्चित गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।

गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकाश सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । एउटी बिछट्टै राम्री केटीलाई अरूको नजर लाग्ने होकी भनेर फलो गरिरहेका एक युवकले ती युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम व्यक्त गीतमा गर्दछन् । भिडियोले पनि त्यही कथा बुनेको छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रवीण भट्टको सम्पादन र नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोले गीतलाई झनै सिँगार्ने काम गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.