एनएनटिभीमा नेपाली भाषाको नेपाली अर्गानिक कार्टुन ‘यीनी र मिनि’



काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। अब नेपाली भाषामा नै नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ हेर्न पाउने भएका छन्। नेपाल नेटवर्क टेलिभिजन(एनएनटिभी)मा माघको दोश्रो साताबाट प्रशारणमा आउने कार्टुन सिरीज ‘यीनी र मिनि’ले कार्टुन हेर्ने दर्शकलाई थप मनोरंजन प्रदान गर्नेछ।

डीएआर मुभिजको निर्माणमा बनि रहेको कार्टुन यिनी मिनी संगै अन्य ३ वटा एनिमेटेड शो नेपाल नेटवर्क टेलिभिजन मार्फत प्रशारण गर्ने तयारी रहेको डीएआर मुभिजका संचालक सदस्य श्याम धितालले जानकारी दिए।