गायक प्रमोद खरेलले हंगामा मच्चाउने भए


pramod-kharel
(सेलिब्रेटी नेपाल) ३ साउन-गायक प्रमोद खरेलको छैटौ एल्बम ‘हंगामा’ तयार भएको छ। एल्बम भाद्र पहिलो सातामा बजारमा आउने भएको छ। अहिले संगीतको बजार शुन्य जस्तै भई रहेको समयमा प्रमोदले पनि कलाकारले आफ्नै कम्पनि खोलेर एल्बम निकाल्ने ट्रेन्ड अनुरुप दिक्षा क्रिएसन नामक आफ्नै कम्पनि खोलेर बजार ब्यबस्थापन गर्न लागेका हुन्। हे माया,मेरो दिल छ पोखरामा,डुबायो पापी मायाले जस्ता गीतहरु बाट निकै चर्चा कमाउन सफल भएका गायक प्रमोदको नयाँ एल्बममा ६ वटा नयाँ गीत हरु समाबेश गरिएको छ।

एल्बममा समाबेश हंगामा भो बोलको गीतको म्युजिक भिडियो पनि तयार भएको छ। प्रमोदको हंगामा अस्ट्रेलिया बाट लन्च हुने जानकारी उनि सँगको भेटमा गराए। एक दर्जन भन्दा बढी देश हरुमा सांगीतिक कार्यक्रम गरि सकेका गायक खरेल यहि अगस्टमा अस्ट्रेलियामा आफ्नो प्रस्तुति पस्कदै छन्।