‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक



गत वर्षको निकै चर्चित गीत ‘कालो केशमा रेलिमई’ महिला आवाजमा पनि सार्वजनिक भएको छ ।

आकर्षक भिडियोसहित गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता/दर्शकले निकै रुचाएका थिए । यत्रतत्र, सर्वत्र गीत निकै गुञ्जिएको थियो ।

पुरुष आवाजमा चर्चित स्रोता दर्शकको सोही प्रिय गीत यतिबेला महिला आवाजमा सार्वजनिक भएको हो । शनिबार सार्वजनिक फिमेल भर्सनमा ‘आँखामा आउने सपनी’ गीतकी गायिका सुनिता थेगिमले स्वर दिएकी छिन् ।

हिट गीत दिइरहेको केन्द्र मोशन पिक्चर्सले ‘कालो केशमा रेलिमई’को फिमेल भर्सनलाई सार्वजनिक गरेको हो ।

राजेश पुमा राईको निर्देशनमा तयार गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले प्रस्तुत छन् । यी दुईले यसअघि सुनिल गिरीको गीत ‘सोल्टिनी क्या राम्री’मा सहकार्य गरेका थिए ।

उत्सव दाहालको छायाँकन रहेको ‘कालो केशमा रेलिमई’को फिमेल भर्सनको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ । स्रोता दर्शकले गीतलाई रुचाउने आशा गरिएको छ ।