बलिउडकी हट अभिनेत्री प्रियंका चोपडा ३१ वर्षमा झनै हट


18729-priyanka-chopra.jpg
बलिउडकी ‘हट’ अभिनेत्री प्रियंका चोपडा ३१ वर्षकी भएकी छिन् । १८ वर्षकै उमेरमा सन् २००० मा भएको ‘मिस वर्ल्ड’ प्रतियोगिताको विजेता बनेकी प्रियंकाको जन्म सन् १९८२ को जुलाई १८ तारिखका दिन झारखण्डको जम्शेदपुरमा भएको थियो । बलिउडमा सन् २००३ को फिल्म ‘द हिरो’बाट करियर सुरु गरेकी प्रियंकाले पछिल्लो समयमा गायिकाको समेत परिचय बनाएकी छिन् । प्रियंकाले बलिउडमा ‘मुझसे शादी करोगी’, ‘क्रिश’, ‘डन २’, ‘फेसन’, ‘७ खुन माफ’, ‘बर्फी’ जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन् ।
प्रियंकाले यस अवधिमा भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेकी छिन् ।
बलिउडमा ‘देशी गर्ल’को नामले समेत परिचित प्रियंकाले बलिउडका चर्चित अभिनेताहरु शाहरुख, सलमान खान, अक्षय कुमार, ऋतिक रोशन लगायतसँग काम गरिसकेकी छिन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.