जीवन र नीताको ‘धुन’ यु ट्युबमा रिलिज (पुरा चलचित्र)


काठमाडौँ। कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘धुन’ यु ट्युबमा रिलिज गरिएको छ। सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘ धुन’मा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको छ । चलचित्रमा संगीत लक्की सिटौलाको रहेको छ। चलचित्रलाइ बिनोद भट्टले खिचेका हुन् ।

मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ । चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत रिलिज गरिएको हो।