नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबराय



काठमाडौं । बलिउड अभिनेता विवेक आनन्द ओबराय नेपाल आइपुगेका छन् । सपरिवार दशदिने नेपाल भ्रमणका लागि बुधबार बेलुका उनी काठमाडौं आइपुगेका हुन् ।

नेपाली व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी लगायतको भ्रमण गर्नेछन् ।

त्रिभुवन विमानस्थलमा अवतरण गरेपश्चात उनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरियो भने नेपाली ढाकाटोपी पनि लगाइयो । विमानस्थलमा उनले सञ्चारकर्मीसँग उनले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी समेत गरे । सो क्रममा उनले बुवाआमा पहिला कयैनपटक नेपाल आएता पनि आफू पहिलो पटक आएका बताए । नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनले सुनाए ।

नेपाल र भारत उस्ता उस्तै लाग्ने बताउँदै आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्बिनी घुमाउने अठोटले नेपाल आएको उनको भनाई थियो । विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपालमा भ्रमणबारे जानकारी दिएका थिए ।

उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.