‘वेलकम टू हेम्जाकोट’ले जित्यो अवार्ड



काठमाडौँ। काठमाडौंमा आयोजना भएको ‘चौथो नेपाल सांकृतिक अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ मा नेपाली फिल्म ‘वेलकम टू हेम्जाकोट’ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । अवार्ड प्राप्त गरेपछि निर्देशक सरोज पौडेलले सामाजिक संजालमा खुशी साट्दै यसको जानकारी दिएका हुन् ।

‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न । तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र हेम्जाकोटले नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिभला मा बेस्ट नेपाली फिचर फिल्मको उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तव मै खुसी छु ।’ ‘मलाइ यहाँसम्म पुर्याउन साथ दिने मेरो घर, परिवार, इस्टमित्र, साथीसङ्गी, मलार्ई भरोसा गर्ने मेरा निर्माता तथा यस फिल्ममा मेहनत गर्ने कलाकार, प्राविधिक सबैको सामुहिक प्रयासबिना सायद सम्भव थिएन, निर्देशक पौडेलले भनेका छन्– ‘यस कार्यक्रमका आयोजक, सम्मानित देश–विदेशका जज, जुरि मेम्बरहरु जसले हाम्रो कामलाई यो लायक सम्झेर स्थान दिनुहुने सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।’ निर्देशक पौडेलले यो हौसलाले आफूलाई आफ्नो काममा अझै मेहनत गर्न, अगाडि बढ्न हौस्याएको उल्लेख गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए । महोत्सवको समापन समारोहको उद्घाटन काठमाडौं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गरेका थिए । फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो । नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ठ भएका राष्ट्रिय अन्तराष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ,दिनेश खड्का, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् । दीर्घ गुरुङले खिचेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.