‘भगवत् गीता’मा धिरज भित्रिएपछि अनमोलले दिए बधाई


काठमाडौं। अनमोल के.सीले धीरजलाई झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा जोडिएपछि बधाई दिएका छन् । झरना र उनका श्रीमान् तथा निर्माता सुनिल कुमार थापाले फिल्ममा धिरज अनुबन्ध भएको तस्बिर फेसबुकमा राखेका छन्, जसमा फिल्म क्षेत्रका हस्तीहरुले बधाई दिएका छन् । त्यसमा अनमोल पनि पर्छन् । उनले निर्माता थापाको पोस्टको कमेन्टमा बधाई तथा शुभकामना लेखेका छन् ।

‘भगवत् गीता’का लागि झरनाको पहिलो रोजाई अनमोल नै थिए । तर, लगालग एउटै टिम र एउटै अभिनेत्रीसँग काम गरिसकेकाले अनमोलले उक्त फिल्ममा काम गर्न रुचि देखाएनन् । यसपछि झरनाले अभिनेता धिरज मगरलाई फिल्म अफर गरेकी थिइन् । तर, धिरजले सुरुमै ४० लाखभन्दा कममा फिल्म नगर्ने भनेपछि झरना विच्किइन् र उनको विकल्प खोज्न थालिनन् । तर, हिरो भेटिनन् ।

अन्तत: फिल्ममा धिरज नै भित्रिएका छन् । आइतवार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरि सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.