‘भगवत् गीता’मा अन्ततः सुहानाको जोडी धिरज



चलचित्र ‘भगवत् गीता’मा अन्ततः धिरज मगरले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् ।

लामो समयको छलफल पश्चात चकलेटी ब्वाई धिरजले चलचित्रमा काम गर्ने पक्का भएको हो । निर्देशक झरना थापा र धिरजबीच आइतबार लिखित सम्झौता भएको छ ।

सुनिल कुमार थापाको निर्माण रहने चलचित्रमा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । धिरज र सुहानाले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।
आगामी महिनाको तेस्रो साता चलचित्रलाई छायाँकनमा लैजाने सुनिल र झरनाको तयारी छ ।

‘भगवत् गीता’को प्रदर्शन मिति आगामी बैशाख १ गतेका लागि घोषणा गरिसकिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.