गीतकार बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’लोकार्पण



काठमाडौँ। गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरियो। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्। ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ। बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गरेका हुन्।पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्र दिप बुढाथोकी रहेका थिए। कार्यक्रमका प्रमुख अतिथी देविराम शर्मा थिए भने कार्यक्रममा थुप्रै बिशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो। गीतकार कृष्णहरि बराल, डा. खगेन्द्र प्रसाद लिईटेल संगीतकार राजु सिंह,गायक तथा संगीतकार शिशिर योगी,संचारकर्मी दिल भुषण पाठक,निर्देशक दिपेन्द्र के खनाल लगाएत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

ड्राइभिङ्ग शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतंजली योगगानका रचनाकार समेत हुन्। उनका एक दर्जन भन्दा पुस्तक प्रकाशन भई सकेका छन्। बुढाथोकीहरुको बंशावली समेत समाबेश बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रि बाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए। कार्यक्रममा बोल्ने बिशिस्ट बक्ताहरुले ८३ बर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंशा गरे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.