अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक



काठमाडौं । नेपाली चलचित्रका कुशल अभिनेता प्रमोद अग्रहरीलाई पितृशोक परेको छ ।

उनका बुबा भिखी अग्रहरीको भारतमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । गौरी मल्ल, निर्मल शर्मा लगायतका थुप्रैले प्रमोदका स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पश्चिम नवलपरासीको रामग्राम –२ घर भएका प्रमोदले ‘उमा’, ‘कथा काठमाडौं’, ‘संरक्षण’, ‘जाइरा’, ‘राधे’ लगायतका थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।