हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ


तस्वीर : लक्ष्मण सुवेदीको फेसबुकबाट


काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ ।

शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ क्षेत्र पुगी एक दृश्य खिच्दै सम्पूर्ण छायाँकन सकेको हो ।

प्रस्तुतकर्ता एवं निर्माता रामप्रसाद रिजालले एउटा दृश्यका लागि सम्पूर्ण यूनिट हेलिकप्टर चार्टर गरेर लाङटाङ पुगेको जानकारी दिए । उक्त दृश्य खिचिएसँगै चलचित्रको सम्पूर्ण छायाँकन सकिएको उनले बताए ।

आज (एकदिन)को सुटिङमा १० लाख रुपैयाँ बढी खर्च भएको निर्माण टिमले जनाएको छ । यसले चलचित्रलाई स्तरीय बनाउन निर्माण टिमले गरेको मेहनतलाई प्रष्ट पार्छ ।

प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ एक्सन र लभस्टोरी जनरामा निर्माण भएको चलचित्र हो । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद
रहेको यसै चलचित्रमार्फत आर्यन र उपासनाले पहिलोपटक एकअर्कासँग स्क्र्रिन शेयर गरेका हुन् ।
चलचित्रको टिजर :

चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

राजकुमार भट्ट पनि निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् । महेश आर गुप्ताको छायाँकन रहेको चलचित्र सम्पादनको जिम्मेवारी भने बनिश शाहमा छ । पोष्टर, टिजर र गीतबाट यो चलचित्रले निकै राम्रो हाइप बनाएको छ ।

तस्वीर : लक्ष्मण सुवेदीको फेसबुकबाट