‘साली मन पर्यो’ तेस्रो सर्वाधिक हेरिने नेपाली गीत, युट्युबमा पायो सय मिलियन भ्युज



काठमाडौं । ‘साली मन पर्यो’बोलको गीतले युट्युबमा सय मिलियन भ्युज पाएको छ । चलचित्र ‘घामड शेरे’ मा समावेश गीतले युट्युबमा १० करोड भ्युज पाउँदै तेस्रो सर्वाधिक हेरिएको गीतको सूचिमा परेको छ ।

तीन वर्षअघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीले स्वर दिएका छन् । कालीप्रसादकै शब्द एवं संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । भिडियोमा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

आफूले नृत्य गरेको गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै अभिनेत्री स्वस्तिमाले सम्पूर्ण दर्शक एवं स्रोतामा धन्यवाद दिएकी छिन् । उनले संगीतको महत्व आफ्नो करिअरमा सधै नै रहेको समेत बताएकी छिन् । ‘मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अबस्था छ ! त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो । जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल छ’ स्वस्तिमा फेसबुकमा लेख्छिन् ‘अहिले आएर ‘साली मन पर्यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’

स्वस्तिमाले अभिनय गरेको ‘कुटुमा कुटु सुपारी दाना’ आजसम्मकै युट्युबमा सर्वाधिक हेरिएको गीत हो । जुन गीतले अहिलेसम्म १८ करोड भ्युज पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.