स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको प्रशंशा



काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन जनराको चलचित्र ‘सोल अफ द कमाण्डो’को राजधानी काठमाडौँको वन सिनेमामा प्रेस शो सम्पन्न भएको छ। प्रेस शोमा चलचित्र हेर्ने संचारकर्मी तथा सेलिब्रेटीहरुले दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सनको खुलेर प्रशंशा गरे। गायक राजेश पायल राईले चलचित्र हेरेर राजकुमार राई र उनको एक्सनको प्रशंशा गरे। राजेशले तेक्वान्दोमा निकै स्वर्ण पदक विजेता राजकुमार राईको चलचित्र हेरेर भरपूर्ण मनोरंजन लिएको बताए।

चलचित्रमा समाबेश एक्सन र पारिवारिक कथाले दर्शकको मन छोएको धेरैले प्रतिक्रिया दिए। चलचित्र यतिबेला देशभरका हलमा एक साथ प्रदर्शनमा छ। दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा छ । राजकुमार २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरेका हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।

युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् । एक्सन जनरामा निर्माण भएको फिल्म २ घण्टा लामो छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.