फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी


काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका छन् ।

‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ। अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ।

विश्वकपका खेलहरु हलमा देखाए कारबाहीको चेतावनी पनि बोर्डले दिएको छ। अहिले कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.