सेलिब्रेटी नेपालको ‘चिलगाडी’ फिल्मलाई ‘मन्त्र’ निर्देशक गुरुङले निर्देशन गर्ने



काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘चिलगाडी’लाई ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले निर्देशन भएका छन् । बिहीवार सेलिब्रेटी नेपालका प्रबन्ध निर्देशक एवं फिल्मका निर्माता रघुनाथ सापकोटा र निर्देशक गुरुङबीच कागजी सम्झौता भएको हो ।

दुई वर्षअघि निर्माण घोषणा भएको ‘चिलगाडी’ मा सुरुआतमा निर्देशकमा जनकदीप पराजुली भएपनि उनले कार्यव्यस्तताका कारण समय दिन नभ्याउने भएपछि ‘मन्त्र’का निर्देशक गुरुङलाई अनुबन्ध गरिएको हो ।

कोभिड्का कारण निर्धारित समयमा छायाँकनमा जान नसकेको फिल्म अब छायाँकनको तयारीमा जुटेको छ । फिल्मको निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु हुने निर्माता सापकोटाले बताए । फिल्मको कथा, पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।

आगामी माघबाट छायांकन सुरु गर्ने तयारी रहेको सापकोटाले जानकारी दिए । फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको गीतमा संगीत रहनेछ । निर्देशक गुरुङका अनुसार सामाजिक विषयवस्तुमा आधारित भएर हास्य प्रधान फिल्म निर्माण हुनेछ । फिल्मले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्वपूर्ण सन्देश प्रदान गर्ने निर्माता सापकोटा बताउँछन् ।

‘सक्दो मेहनतका साथ स्तरीय फिल्म निर्माण गर्ने हाम्रो प्रयास रहन्छ’– निर्माता सापकोटाले भने ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.