‘लप्पन छप्पन २’ : हलमा खास्सै नटिकेको फिल्मको युट्युबमा चर्चा, पाउँदैछ लोभलाग्दो भ्युज



काठमाडौं । हलमा रिलिज गरिएको छोटो समयमै नेपाली फिल्म ‘लप्पन छप्पन २’लाई सोमबार युट्युबमा गरियो । गत वर्षको फागुनमा यो फिल्म हलमा प्रदर्शनमा आएको थियो । यो फिल्मले हलमा रिलिजको समयमा खास्सै चर्चा पाएको थिएन् । समीक्षात्मक हिसावले कमजोर देखिँदा हलमा फिल्म धेरै दिन टिक्न सकेको थिएन् ।

युट्युबमा भने यो फिल्मले लोभलाग्दो प्रतिक्रिया पाएको छ । रिलिज भएको छोटो समयमै ट्रेन्डिङमा उक्लिएको फिल्मले बिहीबार बिहानसम्म झण्डै ९ लाख भ्युज पाईसकेको छ । फिल्म बुधबारदेखि नै ट्रेन्डिङको दोस्रो नम्बरमा छ । मुकुन्द भट्टको निर्माण एवं निर्देशनमा तयार ‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठलगायतको अभिनय छ । थुप्रै दर्शकले यस्तो स्तरका फिल्म बन्नु फिल्म उद्योगका लागि सुखद् भएको बताएका छन् ।

सौगात मल्ल र अर्पण थापाको अभिनयको विशेष प्रशंसा समेत दर्शकहरुले गरेका छन् । ६० लाख सब्सक्राइब पुगेको अवसर पारेर ‘ओएसआर डिजिटल’ले फिल्मलाई युट्युबमा सार्वजनिक गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.