‘के मान्छौ डर’मा गरिमा र दिनेशको रोमान्स


काठमाडौं । मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ ।

डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर छ । गीतको एरेन्ज सञ्जिव बराइलीले गरेका हुन् । भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवालीको सम्पादन छ।