स्वस्थ भएर अभिनयमा फर्किए रामचन्द्र अधिकारी


काठमाडौं । कलाकार रामचन्द्र अधिकारी दुई महिनापछि अभिनयमा फर्किएका छन् । ‘मेरी बास्सै’ को सुटिङको क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण अस्पताल भर्ना भएका उनी ठीक भएर अभिनयमा फर्किएका हुन् ।

ठीक भएपछि गत शनिबार ‘कान्छी’ र बिहीबार ‘मेरी बास्सै’ को सुटिङ गरेको अधिकारीले बताए । ‘पहिले भन्दा अहिले स्वास्थ्य अवस्था एकदमै ठीक छ । कमजोरी फिल भने भएको छ’ अधिकारीले भने, ‘बिहानै सुटिङमा जान समस्या छ । खान खानु अगाडि एउटा इन्जेक्सन दिनुपर्छ । अन्य केही समस्या छैन ।’ अव नियमित अभिनय गर्ने उनले जानकारी दिए ।

अधिकारी बिरामी परेको कारण ‘मेरी बास्सै’ले उनको अभाव दर्शकलाई महसुस नहोस् भनेर बडाकाजीको रोलमा पाका कलाकार मुकुन्द श्रेष्ठ भित्र्याएको थियो । कान्छीले भने केही कथा परिमार्जन गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.