गायिका सिर्जना बिरही थापा जुवा खेल्दा खेल्दै पक्राउ


Srijana-Birahi-Thapa(सेलिब्रेटी नेपाल) ३१ असार-लोक गायिका सिर्जना विरही थापा दोस्रो पटक जुवाखालबाट पक्राउ परेकी छिन् । क्यासिनोकै शैलीमा सामाखुसीमा सञ्चालित एक जुवाघरबाट थापासहित ७ जना आइतबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभागले आइतबार साँझ सामाखुसीको भण्डारी टोलस्थित मल्टी पर्पोज मेनपावरको माथिल्लो तल्लामा सञ्चालित जुवखालमा छापा मारेको थियो ।

मेनपावरमा क्यासिनो जस्तै बनाएर जुवा खेलाइने गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले जानकारी दिनुभयो । क्यासिनोमा प्रयोग हुने क्वाइनदेखि बारसम्म त्यहाँ उपलब्ध रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । उहाँका अनुसार क्यासिनोमा जस्तै मदिरा खानाको पनि व्यवस्था भित्रै थियो । मेनपावरका संचालक स्याङ्ग्जा घर भएका ताङबहादुर गुरुङले जुवाघर संचालन गरेका हुन् । उनी पानीजहाजका क्यामप्टेन समेत हुन् ।मिनिक्यासिनो जस्तै भएको जुवाखालबाट प्रहरीले ३ लाख ३ हजार ६ सय ६० रुपैयाँ नगद, ७६ बटा क्वाइन र ५ लाखको चेक बराबमद गरेको छ ।
करिब तीन महिना अघि पनि गायिका थापालाई ढुकुटी खेलाएर लाखौं रुपैया ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। ११ वर्ष अगाडी ‘क्या राम्रो तानसेन बजार’ बोलको गीतबाट उनी श्रौतामाझमा चिनाएकी थिइन। उनले म्युजिक नेपाल अवार्ड-२०५९ अवार्डसमेत पाइसकेकी छिन। थापाका ‘वनको काफल वनकै चरीलाई’, ‘रुनुको नि छुट्टै मजा’, ‘मलाई तिम्रो तस्विरले झस्काई रहन्छ घरिघर’ लगाएतका गीतहरु हिट छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.