अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को क्लाइमेक्स दृश्य टिकटकमा लीक


काठमाडौं ।अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को महत्वपूर्ण दृश्य टिकटकमा लीक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स सीन’ मानिएको छ ।

मनाङमा छायांकन भइरहेको चलचित्रको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा पोस्ट गरेका छन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको झगडा र संवादलाई सार्वजनिक भिडियोमा समावेश गरिएको छ ।

यस भिडियोले कथा र चरित्रका धेरै पक्षहरु खुलाइएको छ । अनमोलले नायकको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले खलनायकको भूमिका निर्वाह गरेका छन् । ११ वर्षअघि यार्सागुम्बा लिन जाने क्रममा खलपात्राले अनमोलका बुबाको हत्या गरेको उल्लेख छ ।

अनमोलले बुवाको हत्या गरेर रविनसँग बदला लिन खोजेको देखिन्छ । भिडियोमा अनमोल बहुमूल्य तरवार लिएर बाहिर निस्केको देखिन्छ । यसअघि पनि चितवनमा छायांकन भइरहेको चलचित्र ‘छड्के २’ बाट नायक अनमोल जेलमुक्त भएको भिडियो सार्वजनिक भएको थियो ।

पछिल्लो समय टिकटक जस्ता सामाजिक सञ्जालका कारण फिल्मको कथानकको गोपनियता समाप्त हुन थालेको छ । टिकटकमा ‘छक्कापन्जा ४’, ‘नाई नभन्नु ल ६’ लगायत धेरै चलचित्रको सुटिङको भिडियो सार्वजनिक भएको छ ।