राष्ट्रिय संगीत तथा नाटक महोत्सव काठमाडौंमा सुरु


ram baran yadab(सेलिब्रेटी नेपाल) ३० असार-राष्ट्रिय संगीत तथा नाटक महोत्सव काठमाडौंमा सुरु भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले शुरु गरेको महोत्सवको राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्नुभयो। प्रज्ञा भवन कमलादीमा शुरु महोत्सवमा देशका विभिन्न क्षेत्रका नाटक तथा लोक नृत्य प्रदर्शनी गरिने प्रतिष्ठानले जनाएको छ । स्थानीयस्तरका नाटक तथा गीतसंगीतलाई राष्ट्रिय स्तरमा ल्याउन महोत्सव शुरु गरिएको हो। उद्घाटन समारोहमा सुदूरपश्चिमाञ्चलको लोकप्रिय नृत्य हुडक्यौली प्रस्तुत गरिएको थियो। महोत्सव भोलि सकिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.