‘प्रेमगीत ३’ निर्माता विरुद्ध राइले दिएको उजुरी खारेज



काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले राइले दिएको निवेदनमा छलफल गरिरहन आवश्यक नरहेको भन्दै निवेदन खारेज गर्ने निर्णय गरेको हो ।

निर्माता संघले छलफलका लागि बोलाएको बैठकलमा निर्माता सन्तोष सेन उपस्थित भएपनि राई भने उपस्थित भएका थिएनन् । राइले निवेदनमा पेश गरेको कागजको सक्कलप्रति पेश गर्न नसकेको पनि निर्माता संघले उल्लेख गरेको छ ।

उक्त छलफलपश्चात निर्माता संघले भनेको छ, ‘सन्तोष सेनविरुद्ध दिएको निवेदन पुष्टि हुने आधार नदेखिएको हुँदा छलफल गरिरहनु औचित्य देखिएन । त्यसैले निजको निवेदन खारेज गर्ने निर्णय गरियो ।’

राइले आशुसेन फिल्मसका प्रमुख सन्तोष सेनले ‘प्रेमगीत ३’का लागि डिजिटल राइट्स भन्दै ४ करोड ८४ लाख ५० हजार ठगी गरेको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।