‘भगवत् गीता’ मा सुहानाका लागि नायकको खोजी


काठमाडौं । नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भगवत् गीता’का लागि नायक र एक बाल कलाकारको खोजी गरिएको छ । यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् ।

निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार हिरो र ८ देखि १० वर्ष उमेरका बाल को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।

अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ । तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ । फिल्म जनकपुर, दार्चुला काठमाडौंमा छायांकन हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.