भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ भुटिया शिशामा


bhaichung-jiwan
(सेलिब्रेटी नेपाल) ३० असार-माधव ढुंगेलको निर्माणमा छायांकन भइरहेको  चलचित्र ‘शिशा’ मा  भारतीय रास्ट्रिय टिमका फुटबल खेलाडी भाइचुङ  भुटिया विशेष भूमिकामा देखिदैछन्। सिक्किममा केही दिनअघि चलचित्र ‘शिशा’को सुटिङस्थलमा अभिनेता जीवन लुइँटेलसँग भारतीय फुटबलर भाइचुङ भुटिया पनि संगै देखिए। आरबिके शरदद्वारा निर्देशित चलचित्रमा भुटियालाई अतिथि भूमिकामा देख्न पाइनेछ। दर्जनौ चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरि सकेका नैना रेशम डेब्यु निर्देशक सरदको यो चौंथो निर्देशनको चलचित्र हो।
bhaichung-bhotiya
चलचित्र ‘शिशा’मा जीवन लुइटेल, उमा बेबी, रागिनी खड्गी,निर्मल सेन्चुरी लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको आधा छायांकन सिक्किमको विभिन्न स्थानमा गरि सकिएको  छ भने आधा काठमाडौँमा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.