अजयको ‘दृश्यम २’ ले कमायो २ सय करोड



एजेन्सी। अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम २ कमाइका हिसाबले यो वर्षको पाँचौँ ठुलो हिन्दी फिल्म बनेको छ । ६० करोड भारुमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।

दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल आम्दानी २०३ करोड भारु पुगेको छ । रिलिज भएको १० दिनमै फिल्मको लागि यो व्यापार साँच्चै ठूलो मानिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.