‘२ नम्बरी’ निर्माताले ‘हात्तीछाप’बनाउने, प्रदीप भारद्धाज कथा लेख्दैछन्



काठमाडौँ। चलचित्र ‘पोई पर्यो काले र २ नम्बरी’ बनाएपछि एकाएक चर्चामा आएका निर्माता किरण नेपालीले फिल्म ‘पोई पर्यो बुढो’को छायांकन पोष्टपोन्ड गरेका छन् । उनले, यो चलचित्र भन्दा अगाडि नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । किरणले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘हात्तीछाप’ राखिएको छ ।

यो चलचित्रको छायांकन चैत्र महिनाबाट सुरु गर्ने उनले बताए । चलचित्रमा नाम चलेका कलाकार रहने उनको भनाई छ ।चलचित्रलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । किरणले भने–‘हातीछाप’ नामक चलचित्रको कथा पढेपछि म प्रभावित भएँ । यसैले, पहिला यो चलचित्र बनाउने निर्णय गरेका हुँ । पोई पर्यो बुढो यो चलचित्रपछि बन्छ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो चलचित्र बन्नेछ ।

‘हात्तीछाप’लाई पनि सामाजिक कथावस्तुमा निर्माण गर्ने उनले बताएका छन् । चलचित्रका निर्देशक र कलाकार केही दिनमा फाइनल हुने र पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए । ‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । किरणले बनाएको चलचित्र ‘२ नम्बरी’ यो बर्षको सुपरहिट चलचित्रमा पर्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.